काठमाण्डौ । विश्व बैंकले रुस–युक्रेन युद्धले विश्वमा महँगी बढ्ने चेतावनी दिएको छ।

रुस–युक्रेन युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै विश्व बैंकका प्रमुख डेभिड मालपासले त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढ्ने बताएका हुन्। उनका अनुसार रुस र युक्रेनबाट हुने निर्यात प्रभावित हुँदा महँगी बढ्नेछ। 

युक्रेनले ठूलो परिमाणमा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि हुने देखिएको मालपासले बताए। ‘रुसी आपूर्ति बन्द भएका कारण विश्वमा तेल र ग्यासको मूल्य बढ्ने देखिन्छ’, उनले भने। आगामी केही दिनभित्र विश्व बैंकले युक्रेनलाई लाखौँ डलरबराबरको सहायता प्याकेज उपलब्ध गराउने अपेक्षा गरिएको छ।

उता रुस र बेलारुसमा भने विश्व बैंकले सञ्चालन गर्दै आएको परियोजना भने तत्कालै रोक्ने निर्णय पनि गरेको छ। – एजेन्सी