काठमाण्डौ । रुसले युक्रेनमा गरेको सैन्य आक्रमणपश्चात अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले आकाशिएको छ।
अमेरिकामा बिहीबार कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। कच्चा तेलको मूल्य ११६.५७ डलर प्रतिब्यारेल पुगेको छ। जुन सन् २००८ को सेप्टेम्बरपछिकै उच्च हो। त्यतिबेला लेम्यान ब्रदर्स संकटका कारण कच्चा तेलको मूल्यमा उछाल आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै यसको प्रभाव नेपाली बजारमा समेत परेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै नेपाल आयल निगमले पनि पेट्रोलियम पर्दाथको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।
युक्रेनमा गत एक सातादेखि भइरहेको युद्धले विश्व अर्थतन्त्रमा उथलपुथल ल्याइदिएको छ। पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुका कारण रुसको अर्थतन्त्र पनि प्रभावित बनेको छ। यतिबेला रुसको मुद्रा तथा वित्तीय सम्पत्तिहरु प्रभावित बनेका छन्। जसका कारण उर्जा र खाद्यानको मूल्य आकाशिएको छ।
विश्व बैंकका अनुुसार रुस विश्वको ११ औँ ठूलो अर्थतन्त्र हो। रुससँग तेल र ग्यासको ठूलो भण्डार रहेको छ। त्यसैले रुसको आपूर्तिमा बाधा आउने भयका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर वृद्धि भइरहेको छ।
युक्रेनमा युद्ध सुरु भएयता कच्चा तेलको मूल्यमा २० प्रतिशतलको उछाल आएको छ। युरोपमा प्राकृतिक ग्यासको मूल्य रेकर्डस्तरमा पुगेको छ। यसको मूल्य गत शुक्रबारको तुलनामा दुई गुणा वृद्धि भएको छ। कच्चा तेलको मूल्य आएको बढोत्तरीका कारण विश्वभर पेट्रोल–डिजेलको मूल्यमा भारी वृद्धि भएको छ। यसको परिणामस्वरुप महँगी बढ्नेछ। यात्रा गर्न र खाद्य वस्तुको मूल्य बढ्नेछ। यस्तै देशको आर्थिक वृद्धिमा ब्रेक लाग्नेछ।
राष्ट्र बैंकका अनुसार अहिले नेपालमा मुद्रास्फीति दर ५.६५ प्रतिशत रहेको छ। तेलको मूल्यमा भएको वृद्धिका कारण यो दर अझै बढ्ने देखिन्छ। तेलको मूल्य वृद्धिको प्रभाव यातायत, उत्पादन, निर्माण, खाद्य, सेवाजस्ता अन्य क्षेत्रहरुमा पर्ने भएकाले यसले समग्र उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago