काठमाण्डौ । अर्थतन्त्र सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुलाई ‘आकस्मिक छलफल’का लागि बोलाएको छ । 

राष्ट्रबैंकले विषयवस्तु नखुलाई छलफलका लागि भन्दै २७ वटै वाणिज्य बैंकका सीइओहरुका लागि आज अपरान्ह ४ बजे बोलाएको हो । 

छलफलका लागि बोलावट भएपछि कतिपय सीइओहरु नेपाल राष्ट्रबैंक पुगिसकेका छन् । कतिपय पुग्ने क्रममा छन् । 

अधिकांश सीइओहरुले छलफलका लागि मात्र बोलाएको, तर विषयवस्तु थाहा नभएको प्रतिक्रिया दिएका छन् । 

केही सीइओले भने मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाका सन्दर्भमा छलफलमा डाकेको हुनसक्ने आँकलन गरेका छन् । राष्ट्रबैंकले बैशाख दोश्रो सातासम्ममा मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्नसक्ने संभावना रहेको ती सीइओले जानकारी दिए ।