काठमाण्डौ । अहिले पाकिस्तानमा पेट्रोलको मूल्य उछाल आइरहेको छ।
पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार फेरि पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढाउने निर्णय गरेका छन्। योसँगै पाकिस्तानमा प्रतिलिटर पेट्रोलको भाउ २०९.८६ रुपैयाँ पुगेको छ।
गत हप्ता पनि पाकिस्तानले पेट्रोलको मूल्य ३० रुपैयाँ बढाएको थियो।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण लिनका लागि आफ्नो कडा सर्त पूरा गर्ने प्रयासमा पाकिस्तानले मूल्य बढाएको बताइएको छ। यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेगुलेटरी अथोरिटीले बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ९१ रुपैयाँले बढाएको छ। डिजेल अहिले पाकिस्तानमा प्रतिलिटर २०४.१५ र मट्टीतेलको मूल्य प्रतिलिटर १८१.९४ पुगेको छ।
पाकिस्तानका अर्थमन्त्री इस्माइलले यी निर्णयले मुद्रास्फीति बढाउने र जनतालाई पनि दुःख दिने भए पनि देशको खस्किँदो अर्थतन्त्रलाई जोगाउन यो आवश्यक कदम भएको बताएका छन्। उनले अघिल्लो सरकारको गल्ती खस्किएको अर्थतन्त्र सम्हाल्नका लागि यस्ता कठोर निर्णय लिनुपरेको स्पष्ट पारेका छन्।
अर्थमन्त्री इस्माइलले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तानले पेट्रोलमा दिइने अनुदानका रुपमा प्रतिमहिना १२० देखि १३० अर्ब रुपैयाँ घाटा व्यहोर्दै आएको बताए। नयाँ मूल्यले अनुदानमा मासिक २५ अर्ब रुपैयाँ घटाउने उनको भनाइ छ।
आगामी महिनामा पाकिस्तानमा धेरै विदेशी ऋण दायित्व छन्। यस्तो अवस्थामा आईएमएफबाट ऋण लिनुपर्ने बाध्यता छ। यदि पाकिस्तानले आईएमएफबाट ऋण नपाएमा डिफल्टर हुने खतरा छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19