काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलामा १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार २६५ रुपैयाँमै किनबेच भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago