काठमाण्डौ । एसयूभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा सोमबार आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको छ।
कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्दछ। अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरी डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ। यसबाहेक आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै यसले रोमाञ्चक ड्राइभिङ अनुभवका लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरु प्रदान गर्दछ।
अल–न्यु स्पर्पियो–एनको सुरुआतले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ। कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ। ‘ट्विन पिक’ लोगोका खास विशेषता– यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ। जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरुबाट आरम्भ गरेको छ। जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।
इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरुद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कपिर्यो एन साँच्चिकै एक वैश्विक उत्पादन हो।
घोषणा कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भने, ‘भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यु स्कर्पियो–एन एकैसाथ अनावरण गर्न पाउँदामा हामी हर्षित छौँ। अल–न्यू स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृङ्खलामध्ये पहिलो हो। यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि हो। यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयूभीहरुको निर्माता बन्ने महिन्द्राको रणनीतिअनुरुप छ। यसले हाम्रो एसयूभी पोर्टफोलियोमा रणनीतिक परिवर्तनको घोषणा गर्छ, यो नयाँ संसारका लागि प्रस्तुत गरिने प्रामाणिक एसयूभीहरु शृंखलाको यो पहिलो कदम हो।’
शुभारम्भमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्धप्रति गौरवान्वित छ, जुन तीन दशकभन्दा लामो समयदेखि कामय छ र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरुलाई खुसी पार्न तत्पर छ। स्कर्पियो ब्राण्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको छ। यसले गर्व, सम्मान र उपस्थिति दर्शाउँछ, जसलाई हराउन गाह्रो छ। नयाँ अल–न्यू स्कर्पियो–एन ले नेपालको एसयूभी–स्वामित्व अनुभवलाई पुनः परिभाषित गर्ने प्रतिज्ञा गरेको छ। भारतको शुभारम्भसँगै नेपालमा पनि अल–न्यू स्कर्पियो–एन प्रस्तुत गर्न पाएकोमा हामी गौरवान्वित छौँ।’
द स्कर्पियो–एनको बारेमा
ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको, द स्कर्पियो–एन नामकरणलाई यो तथ्यलाई प्रतिनिधित्व गर्नको लागि ध्यानपूर्वक छनोट गरिएको थियो कि यसले खेललाई एनको शक्तिसम्म पुर्याउँछ।
रोमाञ्चक कार्यदक्षता
नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरुका लागि नयाँ द स्कर्पियो–एनलाई इन्जिनियरिङ गरिएको छ। हाम्रो नयाँ तेस्रो पिढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्दछ। द स्कर्पियो–एन एक , जसमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ (४ह्४) विकल्पसहित छ।
छुटाउन नसकिने उपस्थिति
द स्कर्पियो–एन ले पौरुसत्व कारकलाई पूरै नयाँ तहमा अगाडि लैजान्छ। सिग्नेचर ह्विल आर्चहरु पौडीवाज व्यक्तिको पुष्ट रूपरेखा (सिन्यूल सिल्हुट) बाट प्रेरणा लिँदै अझ बढी आकर्षक मासंपेशीयुक्त (मस्कुलर) बनाइएका छन्। धातुको स्कर्पियो (बिच्छी)को पुच्छरजस्तो तत्वलाई बेल्टलाइनमा निर्वाध रुपमा एकीकृत गरिएको छ। यो झ्यालको माथिसम्म पूरै घुम्दै, स्कर्पिया–एनलाई थप आकर्षण दिन्छ । डिजाइनको कमान्डिङ प्रकृति सहजै अग्रभागमा पनि अनुवादित भएको छ। स्कर्पियो (बिच्छी)को चरित्र सर्वव्यापी छ किनकि अग्लो, स्ट्याक गरिएको टेलल्याम्प डिजाइनले अगाडिको जस्तै पछाडिको भागमा एक प्रभावशाली उपस्थिति जनाउँछ।
प्रिमियम रूपमा सजाइएको आन्तरिक साजसज्जा
पूर्णतः नयाँ द स्कर्पियो–एन बाहरिजस्तै भित्री रुपमा पनि मनमोहक छ। उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरुका साथ यात्रुहरुलाई स्वागत गर्दछ, जसले ‘प्रिमियम–नेस’लाई अर्को स्तरमा लैजान्छ। द स्कोर्पियो–एनका भित्री भागलाई अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ।जसले चालक र यात्रुहरुलाई समान रुपमा आनन्दित तुल्याउँछ।
परिष्कृत सवारी सञ्चालन र ह्यान्डलिङ
द स्कर्पियो–एनले बेन्चमार्क ड्राइभिङ गतिशीलता प्रदान गर्न उपलब्ध सबैभन्दा जटिल प्रविधिहरुको प्रयोग गर्दछ। गतिशील क्षमता र आश्वासनदायी ह्यान्डलिङ क्षमताहरुको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बडी–अन–फ्रेम संरचनालाई अनुकूलन गरिएको छ। यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा–लिंक रियर सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स लिंक प्रणाली रहेको छ। यसको श्रेणीमा रहेको गाडीका लागि स्टेरिङ सेटअप उल्लेखनीय रुपमा सहज र प्रतिक्रियाशील हुन्छ तथा चारवटै डिस्क ब्रेकले आनन्ददायी तर सुरक्षित ड्राइभ सुनिश्चित गर्छ।
‘जहाँ गए पनि’ क्षमता
द स्कर्पियो–एन फस्र्ट–इन–क्लास, इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट टेक्नोलोजीको साथ सबै भूभागहरुमा आधिपत्य कायम गर्ने गरि डिजाइन गरिएको छ। केवल स्पर्शका साथ, इलेक्ट्रिक सिफ्ट–अन–द–फ्लाई फोरह्विल ड्राइभ सिस्टमले २डब्ल्यूडी मोडबाट द स्कर्पियो–एनलाई सबै–विजय गर्ने, सक्षम ४डब्लूडी प्राणीमा रुपान्तरण गर्दछ। स्कर्पियो–एनले पनि चालकको मुडः जिप, जाप र जूम मिलाउन तीन ड्राइभ मोड प्राप्त गर्दछ।
प्रविधिसँगै उभिने
अल–न्यू स्कर्पियो–एनले प्रविधिमा उच्च स्कोर हासिल गर्दछ। जसले सहरी तथा प्राविधिक ज्ञान भएका ग्राहकहरुलाई अतुलनीय मूल्य प्रस्ताव प्रदान गर्दछ। जो आफ्नो एसयूभीसँग अर्को स्तरमा सहभागिताको खोजीमा छन्।
स्वच्छ अन्तस्करण
अल–न्यू स्कर्पियो–एनमा यसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ। सुरुदेखि नै सक्षम इन्जिनियरिङ र उत्पादन विकासद्वारा यो उपलब्धि हासिल गरिएकोे हो। कार्बन तटस्थतातर्फ अघि बढ्ने महिन्द्राको लक्ष्यअन्तर्गत एमएन्डएमले सचेतनापूर्वक धेरै वातावरण मैत्री निर्माण प्रक्रिया अपनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago