 
                     
                                
                             
                                    – रेखा चन्द
काठमाण्डौ । काठमाण्डौको भाटभेटनीअगाडि आज बिहान विद्यार्थीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।
‘अवैध गभर्नरलाई राष्ट्र प्रवेश निषेध’ कार्यक्रमअन्तर्गत अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघका विद्यार्थीहरुले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा क्रममा प्रहरीले हस्तक्षेप गर्नुका साथै केही विद्यार्थीलाई पक्राउ गरी लगेको छ।
नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीका रुपमा गभर्नर अधिकारीको नाम राखिएको पाइएपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले एमालेको दलाल राजीनामा दे, अर्थतन्त्र ध्वस्त पार्न पाइँदैन, महाप्रसाद अधिकारी राजीनामा दे, गभर्नर पार्टीको कार्यकर्ता बन्न पाइँदैन, नालायक गभर्नरलाई बर्खास्त गर, एम अधिकारीलाई सार्वजनिक गरजस्ता नारा लगाएका थिए।
प्रदर्शनमा उत्रिएका विद्यार्थीले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म र एम अधिकारी सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले भाटभटेनीबाट अगाडि बढ्न दिएका छैनन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19