काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनका विद्यार्थीले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन्।
पूर्वघोषित कार्यक्रमअनुसार नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कालो ब्यानर राख्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई काठमाण्डौको नक्सालस्थित पिपलबोटमा राकेर राखेको छ।
विद्यार्थीका तीनै संगठनका नेताहरुले भने राष्ट्र बैंक परिसरमा कालो ब्यानर टाँगेका थिए। तर, विद्यार्थी नेताहरु राष्ट्र बैंकबाट बाहिरिएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उक्त ब्यानर च्यातेर फालिदिएका छन्।

भाटभटेनमा प्रदर्शन गरिरहेका विद्यार्थीले भने ‘अर्थतन्त्र ध्वस्त पार्ने गभर्नर राजीनामा दे’, ‘एमाले गभर्नर मुर्दावाद’, ‘अवैध गभर्नर मुर्दावाद’, ‘पार्टी सदस्य गभर्नर राजीनामा दे’, ‘नालायक गभर्नरलाई बर्खास्त गर’, ‘गभर्नर भएर राजनीति गर्न पाइँदैन’, ‘अराजक एम अधिकारी राजीनामा दे’, ‘दायाँबायाँ जन्दैनौँ, एम अधिकारी मान्दैनौँ’ ‘एमाले गभर्नर बालकोट जा !’ जस्ता नारा लगाइरहेका छन्।
गभर्नरले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुको भनाइ छ। महाप्रसाद अधिकारी उर्फ एम अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको आरोप उनीहरुको छ।
यस्तै सेयर कारोबार, क्रिप्टोकरेन्सीजस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको विद्यार्थी संगठनहरुको दाबी छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19