काठमाण्डौ । एलन मस्कको कम्पनी टेस्लाले क्रिप्टोकरेन्सीको होल्डिङ बेचेको छ। गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो।
कम्पनीले बिटक्वाइनको ७५ प्रतिशत होल्डिङ बिक्री गरेको जनाएको छ। जुन २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो।
यस वर्ष क्रिप्टोकरेन्सीको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ। टेस्लाले बिटक्वाइन बिक्रीबाट ९६.६ करोड डलर ट्रेडिस्नल करेन्सी किनेको जनाएको छ।
टेस्लाका मालिक एलोन मस्कको क्रिप्टोकरेन्सीको सम्बन्धमा सामाजिक सञ्जालमा भनाइहरुले प्रायः क्रिप्टोकरेन्सी बजारमा अस्थिरतालाई प्रभाव पारेको छ। गत फेब्रुअरी २०२१ मा टेस्लाले बिटक्वाइनमा १.५ बिलियन डलर लगानी गर्ने कुरा गरेको थियो।
गत वर्ष नोभेम्बरमा बिटक्वाइनको मूल्य करिब ७५ हजार डलर थियो। यो स्तरबाट खसेपछि बिटक्वाइन आज करिब २५ हजार डलरमा कारोबार भइरहेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19