काठमाण्डौ । विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड Duckhams(डकहम्स) नेपालको बजारमा पुनः प्रवेश गरेको छ ।

सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै नवीन प्रविधिको सुरुवात गरेको छ ।  युरोपकै  पहिलो मल्टी ग्रेड ओयल भनिएको यो ब्राण्ड, स्थापना भएको थोरे समयमै थुप्रै क्लासिक कार ब्राण्डहरु Rolls Royce, Bentley, Austin, Rover जस्ता ब्राण्डहरुको रुचाएको लुब्रिकेन्ट बन्न सफल भएको थियो।  एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरिसकेको छ । यो ब्राण्ड हाई परफरमेन्स ब्राण्डको रुपमा समेत परिचित छ । 

डकहम्स नेपालमा पनि निकै लोकप्रिय भएको र धेरै नेपाली ग्राहकहरूले रुचाएको लुब्रिकेन्ट थियो। स्थानीय अटो मेकानिक्सले यसको प्रिमियम गुणस्तरका कारण डकहम्सलाई विश्वस्तताका साथ सिफारिस गर्नुको साथै अटोमोबाइलको आयु बढाउने लुब्रिकेन्टको  रूपमा विश्वास गरिएको पाइन्छ। साथै यस लुब्रिकेन्टलाई “अटोमोबाइल्सका लागि जडिबुटी“ भनेर मेकानिक्सहरुले सम्बोधन गर्ने गरेका छन् । 

सन् २०१७ मा डकहम्स नयाँ नेतृत्व र नयाँ ब्राण्ड आउटलुकको साथ विश्व लुब्रिकेन्ट बजारमा पुनः प्रवेश गरेको थियो । नेपाल प्रमुख बजार भएकाले ब्राण्डलाई सुदृढ पार्न र ब्राण्डप्रति ग्राहकको विश्वास जगाउन ओटेक ट्रेडलाई डकहम्स इन्टरनेशनलले आधिकारिक वितरकको  रूपमा नियुक्त गरेको छ । 

ओटेक ट्रेड विभिन्न क्षेत्रहरूमा  १५ वर्ष भन्दा बढी अनुभव बोकेको प्रमुख व्यापार समूह हो। कम्पनीसँग सूचनाप्रविधि, पूर्वाधार र ऊर्जाको क्षेत्रमा प्रमाणित अन्तर्राष्ट्रिय र घरेलु ट्र्याक रेकर्ड छ। कम्पनीले यूएईबाट डकहम्स लुब्रिकेन्ट सीधै आयात  गर्ने भनिएको छ ।  उपलब्धताका लागि प्रमुख शहरहरूमा कम्पनीले  डिलरहरू पनि नियुक्त गरिसकेको छ ।एक वर्षअघि सञ्चालन सुरु गरिसकेको भए पनि  देशमा लकडाउनको अवस्थाका कारण औपचारिक शुभारम्भ स्थगित गरिएको थियो।

इञ्जिन आयल मात्रै नभई ‘फुल पोर्टफोलियो’ का साथ डकहम्सले  प्रिमियम सिन्थेटिक नन्सेन्थेटिक आयल, गियर आयल, हाइड्रोलिक आयल, ग्रिज उपलब्ध गराउनेछ। 

दुई पाङ्ग्रे /चार पाङ्ग्रे सवारीका साथै दुवै पेट्रोल तथा डिजेल  इन्जिनहरुमा डकहम्स उपयुक्त हुनेमा कम्पनी विश्वस्त छ।  

ओटेक ट्रेडका कार्यकारी निर्देशकश्री विन्यास न्यौपानेका अनुसार, 'आधुनिक एडिटिभ टेक्नोलोजीयुक्त यो उच्च–गुणस्तरको लुब्रिकेन्टले घर्षण घटाउँदै तपाईंको सवारी साधनबाट उत्कृष्ट परफरमेन्स ल्याउनुका साथै इञ्जिनको आयु पनि बढाउने छ । डकहम्स एक प्रिमियम ब्रान्ड हो जसले  ३० भन्दा बढी देशहरूमा ग्राहकहरूको हरेक आवश्यकता पूरा गरेको छ र ग्राहकलाई सन्तुष्ट बनाएको छ ।  हामीले नेपालमा पनि नेपाली ग्राहकका लागि उपयुक्त बेस्ट डकहम्स प्रडक्टहरु उपलब्ध गराउनेछौं र दीर्घकालीन ग्राहक सन्तुष्टि, उत्कृष्ट सेवा प्रदानका  लागि हामी हाम्रा ग्राहकहरू र साझेदारहरूसँग नजिकबाट काम गर्नेछौं ।'