– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालमा हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड पनि एक हो। यो बैंकको सेयर बजारमा धेरै चर्चा हुने गरेको छ।
हाल यो बैंकमा संस्थापक समूहको ७२.५२ प्रतिशत र सर्वसाधारणको २७.४८ प्रतिशत सेयर स्वामित्व रहेको छ। बैंकको १० वर्षको औसत वार्षिक लाभांश दर (बोनस र नगदसहित) ४१ प्रतिशत रहेको छ।
बैंकले समीक्षा अवधिमा ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६८.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३१ करोड ४१ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात एनपीएल बढेर ०.७७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.६७ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८३.९८ प्रतिशत रहेको बैंकको आधारदर ९.२६ प्रतिशत छ। वार्षिकीकरण प्रतिसेयर आम्दानी ईपीएस ५३.१२ प्रतिशतले बढेर ३४।४२ रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ईपीएस २२.४८ रुपैयाँ रहेको थियो। पीई रेसयो ११.९१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०१.३२ रुपैयाँ रहेको छ।
प्राविधिक पक्ष
बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा
स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्यरेखा र आरएसआईको मुमेन्टमलाई हेर्ने हो भने दैनिक चार्टमा गएको एक महिना सेप्टेम्बरदेखि मूल्यरेखाहरु तल झर्ने र आरएसआईले हायर लो बनाएको देखिन्छ । अर्थात् यो बैंकको सेयरमूल्यको आरएसआईमा बुलिस डाभर्जेन्स बन्दै गएको देखिन्छ । (हेर्नुहोस् कालो एरो)
यसैगरी दैनिक चार्टमै म्याक्डीमा भने २९ सेप्टेम्बरमा बुलिस क्रसओभर बनेको हालसम्म भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक तर फिक्का बनेका छन्।
सुपर ट्रेन्डका आधारमा
यो बैंकको सुपर ट्रेन्डका आधारमा दैनिक चार्टअन्तर्गत हेर्दा अघिल्लो साता मूल्यरेखाहरुले सुपर ट्रेन्डलाई तलबाट काटेर माथि गएका छन्। सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो बनेको छ। यसले यो बैंकको सेयरमा इन्ट्री प्वइन्ट बनेको बुझिन्छ। ( मुख्य तस्बिरमा हेर्नुहोस् हरियो एरो)
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरमार्फत हेर्दा यो बैंकको सेयरमा बियरिस सेन्टिमेन्ट देखिन्छ। ५२ साताको उच्च मूल्य ५५० रुपैयाँ रहेको छ भने न्यून मूल्य ३८३ रुपैयाँसम्म आएको थियो। यो बैंकको हाल दोस्रो बजारमा ४०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ( मुख्य तस्बिरमा हेर्नुहोस्)
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविश्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ४०५
घटेमा सपोर्ट
निष्कर्ष
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको खुद मुनाफा झन्डै ६८ प्रतिशतले बढेको छ। बैंकको ईपीएस पनि बढेर ३४ रुपैयाँभन्दा माथि पुगेको छ । रिजर्भको आकार पनि बढ्दै गएको छ। बैंकको नेटवर्थ पनि २०१ रुपैयाँ पुगेको छ। यो हिसाबले आधारभूत रुपमा दीर्घकालीन लगानीका लागि यो बैंक उपयुक्त नै रहेको देखिन्छ।
प्राविधिक हिसाबले यो बैंकमा आरएसआईमा बुलिस डाइभर्जेन्स बन्दै गरेको छ भने सुपर ट्रेन्डमा पनि खरिदका लागि इन्ट्री प्वइन्ट बनेको देखिन्छ। हालको पिभट प्वइन्ट ४०५ रुपैयाँ रहेको छ। यदि यो बैंकको सेयरमूल्य यहाँभन्दा माथि जान्छ भने बुलिस यात्रा तय भएको मान्न सकिन्छ।
नोट: सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19