काठमाण्डौ । नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलामा १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।