काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५० रुपैयाँ बढेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।