काठमाण्डौ । अघिल्लो साता झन्डै ६४ अंकले बढेको सेयर बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार पनि बढोत्तरी भएको थियो। हिजो सोमबार र आज मंगलबार २ कारोबार दिनमा भने बजारमा झिनो अंकको गिरावट आएको छ।
योसँगै नेप्सेको दैनिक चार्टमा आज बनेको मूल्यरेखाले अप्पर ब्यान्डलाई छोड्दै गरेको देखिन्छ। (हेर्नुहोस् रातो एरो)
यसअघि यस्तो अवस्था बन्दा बजारले केही अंक गुमाएको थियो। (हेनेुहोस् कालो एरो)
योसँगै हिजो बनेको ह्याङ्गिङ म्यानको आकृति पनि भ्यालिड भएको छ। यसले बजारमा केही अंक करेक्सन आउन सक्ने देखिन्छ।
म्याक्डीमा भने केही समयपहिले बनेको बुलिसक्रस ओभर भ्यालिड नै छ। हिस्टोग्रामहरु भने पोजेटिभ रहे पनि केही फिक्का बनेका छन्।
आरएसआई पुनः घटेर ६२ को तहबाट ६० को तहमा आएको छ। आरएसआईमा भने ‘एम’ आकार बनेको छ। यसले बजारमा केही करेक्सन हुन सक्ने देखिन्छ।
फिवोनासीमार्फत हेर्दा बजारले हाल ०.५ प्रतिशतको बलियो सपोर्ट १९५० मा लिएको देखिन्छ (हेर्नुहोस् फिवोसनासीमा हरियो एरो)। यदि त्यहाँबाट पनि तल आउँछ भने बजारले अर्को सपोर्ट ०.६१ प्रतिशतको १९४५ र ०.७८ प्रतिशतको १९३४ मा लिन सक्ने देखिन्छ।
यदि पुनः १९१८ बाट पनि तल आएमा बजार फेरि बियरिस यात्रा पनि जान सक्छ। तर, अहिले नै त्यो सम्भवना भने बजारमा देखिँदैन।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago