काठमाण्डौ । चर्को ब्याजदरविरुद्ध आन्दोलनरत उद्योगी–व्यवसायीले आउँदो सोमबारदेखि विराटनगरस्थित नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्।
मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङको आह्वानमा भएको विरोध कार्यक्रममा ४० भन्दा बढी वस्तुुगत संघसंस्थाका प्रतिनिधिले ब्याजदरलगायत विभिन्न ५ बुँदे माग राख्दै विराटनगरस्थित राष्ट्र बैंकको कार्यालयअगाडि आन्दोलन चर्काएका छन्। उनीहरुले बिहीबारदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म धर्ना दिइरहेका हुन्।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बिजशालासँग कुराकानीमा आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताए। ‘सोमबारदेखि राष्ट्र बैंकका कर्मचारीलाई कार्यालयभित्र छिर्न दिँदैनौँ’, उनले भने, ‘यसबारेमा हामीले कार्यालय प्रमुख मीना पाण्डेलाई लिखित जानकारी पनि दिइसकेका छौँ।’
‘अब हाम्रा माग पूरा नहुँदासम्म हामी कुनै हालतमा पनि आन्दोलन रोक्दैनौँ’, घिमिरेले भने, ‘बरु आन्दोलनलाई अझै सशक्त बनाउँछौँ।’
बैंकको ब्याजदर एकल विन्दुमा झार्न, स्पे्रेडदर न्यूनतम २ प्रतिशतमा झार्न, संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशतभन्दा बढी कायम नगर्न, चालुु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न र उद्योगी–बैंकरको सेप्रेसन गर्नुुुपर्ने आफूहरुको माग रहेको घिमिरेले बताए।
उद्योगी–व्यवसायीले प्रदेश १ का बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकबाट रकम ल्याउन र लैजानमासमेत रोक लगाएका छन्। ‘अहिलेलाई यहाँका बैंक तथा वित्तीय संस्थालाई रकम जम्मा गर्न र लैजान दिइएको छैन’, अध्यक्ष घिमिरेले भने।
उता मधेश प्रदेशमा उद्योगी–व्यसायीहरु पनि बैंकहरुको चर्को ब्याजदरका कारण आफूहरुलाई समस्या भएको तथा राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जा मार्गदर्शनविरुद्धमा आन्दोलनमा उत्रिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago