काठमाण्डौ । चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध विराटनगर र नेपालगन्जका उद्योगी–व्यवसायी आज नेपाल राष्ट्र बैंकका स्थानीय कार्यालयहरुमा विरोध र धर्ना कार्यक्रम सञ्चालन गर्ने भएका छन्।
उद्योगी–व्यवसायीले राष्ट्र बैंकको विराटनगर कार्यालय र नेपालगन्ज कार्यालयमा विरोध तथा धर्ना कार्यक्रम सञ्चालन गर्ने भएका हुन्। यसका लागि उद्योगी–व्यवसायीलाई विराटनगरस्थित मोरङ व्यापार संघमा बिहान ८ः४५ बजे र नेपालगन्जस्थित नेपालगन्ज उद्योग वाणिज्य घसंमा बिहान १० बजे भेला हुन आह्वान गरिएको छ।
ती दुवै कार्यालय भेला भएर उद्योगी–व्यवसायी राष्ट्र बैंकको स्थानीय कार्यालयमा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
हालको चर्को बैंक ब्याजदर र प्रतिकूल बैंकिङ नीतिहरुका विरोध सम्बन्धित निकायहरुमा पटकपटक आवाज उठाउँदासमेत समाधानका लागि कुनै कदम नचालिएको भन्दै विराटनगरमा गत पुस ७ गतेदेखि नै उद्योगी–व्यवसायीले विरोध कार्यक्रम सञ्चालन गर्दै आएका छन्। नेपालगन्जमा भने आजबाट उद्योगी–व्यवसायीले विरोध कार्यक्रम सञ्चालन गर्ने भएका हुन्।
विरोध कार्यक्रममा मुलुकभरिका निजी क्षेत्रका सम्पूर्ण संघसंस्था, सबै जिल्ला तथा नगरका उद्योग वाणिज्य संघसंगठनहरु तथा सबै वस्तुगत संघहरुसमेत ऐक्यबद्धता जनाई आआफ्नो क्षेत्रका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमा सोहीअनुरुपको विरोध तथा धर्ना कार्यक्रम सञ्चालन गरी देशव्यापी दबाबमूलक कार्यक्रम अघि बढाउन पनि उद्योगी–व्यवसायीहरुले आग्रह गरेका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19