काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।