काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ। 

सभाले चुक्तापुँजी वृद्धि गर्ने अजेन्डा पारित गर्नेछ। यसका लागि चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ। 

कम्पनीको हाल कायम संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्वलाई परिमार्जन गर्दै क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले यही पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।