काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव जारी रहेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको थियो। तर, केही दिनयता कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज डिसेम्बर २८ मा पनि कच्चा तेलको मूल्य बढेको छ। अहिले ब्रेन्ट कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ८४.५० डलर पुगेको छ। अर्कोतर्फ डब्ल्यूटीआई कच्चा तेलको मूल्य हिजोको तुलनामा थोरे घटेर प्रतिब्यारेल ७९.६९ डलरमा कारोबार भइरहेको छ।
हिजो डिसेम्बर २७ मा पनि कच्चा तेलको मूल्य उकालो लागेको थियो। यो दिन ब्रेन्ट कच्चा तेलको भाउ बढेर प्रतिब्यारल ८३.९२ डलर पुगेको थियो भने डब्ल्यूटीआई कच्चा तेलको भाउ प्रतिब्यारल ८०.४२ डलरमा कारोबार भएको थियो।
ओपेक राष्ट्रहरुले गरेको निर्णयको प्रभावले रेकर्डस्तरमा झरेको कच्चा तेलको भाउ कुनै समय १०० डलरनजिक पुगेको थियो। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19