 
                     
                                
                             
                                    काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार (पुस १८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँको कुल ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ६.५ प्रतिशतले हुन आउने ७ करोड ७० लाख ९९ हजार ४१३.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३४२ प्रतिशतले हुन आउने ४० लाख ५७ हजार ८६३.८६ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19