काठमाण्डौ । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन्स डेका अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ। 

यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ। यस योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा रु. ६ हजारसम्मको स्योरशट नगद छुट पाउनेछन्। 

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री–वितरण गर्दै आइरहेको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो।   

टीभीएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एकमात्र १२५ सीसीको स्कुटर हो। जसमा भएको बीएस ६ र आरटी(एफआई इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ। यस स्कुटरले १० बीएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ। यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ। यसमा भएको राइड मोड (स्ट्रिट/रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहेअनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ। 

यसका साथै यसमा भएको ब्लुटुथ कनेक्टिभिटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफूले चाहे जसरी कन्ट्रोल गर्न पनि सकिन्छ। यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ।

यस योजनाअन्तर्गत ग्राहकले जम्मा रु. ३ हजार ९९९ (रु. १३३ प्रतिदिन), २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

यो योजना माघ २४ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ।