काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो।