काठमाण्डौ । राष्ट्र बैंकले लगानीकर्ताको मागको बेवास्ता गर्दै कोभिडकालमा ल्याएको असल कर्जाको प्रभिजन गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । 

केन्द्रीय बैंकले कोभिडकालमा असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यही व्यवस्थालाई एकीकृत निर्देशन परिमार्जनमार्फत निरन्तरता दिइएको हो । कोभिडकालअघि भने असल कर्जाका लागि बैंकहरुले १ प्रतिशत प्रभिजन गरे पुग्थ्यो ।

वित्तीय संस्थाका लगानीकर्ताले विशेष परिस्थितिमा ल्याइएको व्यवस्था भएकाले त्यसलाई हटाउन माग गरिरहेका थिए । तर, केन्द्रीय बैंकले त्यो आवाज नसुनी पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो ।