काठमाण्डौ । सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल १९ अर्बभन्दा बढी रुपैयाँ ब्याज अनुदान प्रदान गरेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जाका लागि कुल १९ अर्ब ८१ करोड २३ लाख रुपैयाँबराबरको खर्च गरेको हो। 

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, (तेस्रो संशोधनसहित) अनुसार २०७९ पुस मसान्तसम्म १० प्रकारका कर्जाका लागि ६ महिनासम्म १ लाख ४८ हजार ३४२ ऋणीको २ खर्ब ६१ अर्ब २५ करोड ३७ लाख रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। 

सरकारले ९ किसिमका व्यवसायिक कृषि तथा पशुपंक्षीअन्तर्गत बिनाधितो र धितोसहितको कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि कर्जा, प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवावर्ग स्वरोजगार कर्जामा ५ प्रतिशत तथा महिला उद्यमशील कर्जामा ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउँदै आएको छ। 

राष्ट्र बैंकको एकीकृत कार्यविधिमा बैंक तथा वित्तीय संस्थाहरुले आधार बेस रेटमा २ प्रतिशत प्रिमियम थपेर उक्त कर्जाहरु प्रवाह गर्नुपर्ने व्यवस्था छ।

सोही अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीले र लघुवित्त वित्तीय संस्थाहरुबाट पुसमा २ खर्ब ६१ अर्ब २५ करोड ३७ लाख रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएकोमा स्वीकृत हुन बाँकी कर्जा २ खर्ब १० अर्ब ४५ करोड १५ लाख रुपैयाँबराबर रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। जसमा वाणिज्य बैंकले पुस मसान्तसम्म १ लाख २७ हजार ३६ जना ऋणीलाई २ खर्ब २९ अर्ब ४ करोड ७५ लाख रुपैयाँबराबरको कर्जा प्रदान गरेका छन्। १ खर्ब ४ अर्ब ८१ करोड ४२ लाख रुपैयाँबराबर कर्जा बक्यौता छ। यस्तै विकास बैकहरुबाट १९ हजार १८९ जना ऋणीले २ अर्ब ६६ करोड २३ लाख रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा लिएका छन्। २२ अर्ब ६१ करोड २३ लाख रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी छ। 

वित्त कम्पनीबाट ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँबराबरको कर्जा स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ। अझै २ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी छ। 

वित्त कम्पनीबाट २ हजार २१ ऋणीले सहुलियतपूर्ण कर्जा सुुविधाको प्रयोग गरेका छन्। 

यस्तै लघुवित्त वित्तीय संस्थाबाट सबैभन्दा कम ९६ जना ऋणीले उक्त कर्जा लिएका छन्। 

संस्थाहरुबाट पुस मसान्तसम्म ९ करोड ५४ लाख रुपैयाँबराबरको कर्जा स्वीकृत भएको छ भने ६ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ। 

नेपाल राष्ट्र बैंकले १० प्रकारका सहुलियतपूर्ण कर्जामध्ये सबै भन्दाबढी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा भएको छ। 

चालुु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक कृषि तथा पशुपन्छीअन्तर्गत १ खर्ब ६६ अर्ब ३५ करोड १७ लाख ९६ हजार रुपैयाँबराबरको कर्जा स्वीकृत गरेका छन्। 

अझै १ खर्ब ४१ अर्ब २१ करोड ३३ लाख ८४ हजार रुपैयाँबरारबरको कर्जा स्वीकृत हुन बाँकी छ। यसमा कुुल ऋणीको संख्या ६१ हजार ५६ जना रहेको छ।  यसअन्तर्गतको सहुुलियतपूर्ण कर्जामा सबैभन्दा कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ। यसमा पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४ लाख रुपैयाँमात्रै कर्जा स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको हो। जसमा २ लाख २४ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ भने ऋणीको संख्या जम्मा २ हजारमात्रै छ।