काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आइतबारदेखि काठमाण्डौको गुर्जुधारामा आफ्नो नयाँ शाखा बिस्तार गरी संचालनमा ल्याएको छ । 

एक समारोहका बीच व्यवस्थापिका संसदका सदस्य राजेन्द्रकुमार केसीले सो शाखा कार्यालयको उद्घाटन गरे । 

बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरिएको स्पष्ट पारेको छ । सो शाखा मार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत सर्वसाधारणहरुले बचत, कर्जा संगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहज रुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

सो कार्यक्रममा बैंकका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।