काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुले असल कर्जाका लागि गर्नुपर्ने नोक्सानी व्यवस्थाको सीमा बढाइदिएको छ ।
हाल असल कर्जाको हकमा १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था(प्रभिजन) गर्नुपर्ने नियम रहेकोमा त्यसलाई संसोधन गर्दै १.३ प्रतिशत पुर्याएको हो ।
असल कर्जाको प्रभिजनमै १.३ प्रतिशत व्यवस्था गरिएपछि माइक्रोफाइनान्सहरुको नाफा प्रभावित हुने देखिएको छ ।
केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
सुक्ष्म निगरानीमा रहेको कर्जाको हकमा ५ प्रतिशत, कमसल कर्जाको हकमा २५ प्रतिशत, शंकास्पद कर्जाको हकमा ५० प्रतिशत र खराब कर्जाको हकमा सत्प्रतिशत प्रभिजनको व्यवस्थालाई निरन्तरता दिइएको छ ।
यस्तै, लघुवित्तहरुले पनि कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाउने नियम ल्याइएको छ ।
यसैगरी, संसोधित व्यवस्थाअनुसार अब लघुवित्तहरुले सञ्चालक समिति सदस्यलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नपाउने भएका छन् । यसअघि सञ्चालक समितिको अध्यक्षलाई मात्रै कार्यकारी अधिकृतमा नियुक्त गर्न नपाइने व्यवस्था थियो । नयाँ व्यवस्थामा भनिएको छः संस्थाको संचालक समितिले प्रचलित कानुन तथा संस्थाको प्रबन्धपत्र र नियमावलीको अधीनमा रही कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ । यसरी कार्यकारी प्रमुखको नियुक्ति गर्दा संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण एवम् सन्तुलनको दृष्टिकोणले सञ्चालक समितिको अध्यक्ष/सदस्यलाई कार्यकारी प्रमुखको रुपमा नियुक्त गर्न उपयुक्त हुने छैन ।
लघुवित्त संस्थाले केन्द्रको अनलाइन प्रणालीमा तोकिएको ढाँचामा कर्जा सम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने, आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा/सुविधा कर्जा प्रवाह गरेको ७ दिनभित्र तथा ९० दिन भन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा÷सुविधा महिना भुक्तान भएको १५ दिनभित्र अद्यावधिक गरिसक्नुपर्ने नियम पनि ल्याइएको छ ।
रु.१ लाख वा सोभन्दा बढीको वचत/निक्षेप स्वीकार गर्दा लघुवित्त संस्थाले ग्राहकलाई रकमको स्रोत उल्लेख गर्न लगाउनु पर्ने व्यवस्था समेत गरिएको छ ।
यस्तै, शंकास्पद कारोबारको विषयमा तत्काल सम्बन्धित विभागमा जानकारी गराउनुपर्ने, ऋण प्रवाह गर्दा ऋणिको आय तथा ऋण तिर्नसक्ने क्षमता प्रमाणित हुनुपर्ने लगायतका व्यवस्था पनि लागू गरिएको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19