काठमाण्डौ । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैदिन साधारणभा डाकेका छन्। 

यही जेठ २६ गते प्रभु लाइफको विशेष साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा डाकिएको हो। प्रभु लाइफको विशेष साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित होल अकामामा बिहान ११ बजेबाट सुरु हुनेछ। 

दुवै कम्पनीको सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफबीचको मर्जर प्रक्रिया पारित गर्नेछ। मर्जरपश्चात कम्पनकिो नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

दुवै सभाले बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा गाभिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ। 

आपसमा मर्ज भएपछि बन्ने कम्पनीका सञ्चालक समितिमा कम्पनीका तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई प्रत्योयोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।