nepal rastra bank
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा भएका कानूनी प्रावधान अनुरुप संचालक, स्वतन्त्र संचालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता तथा कार्यानुुभव तोक्दै विनियमावली लागू गरेको छ ।
केन्द्रीय बैंकले बाफियाले तोकेको योग्यता र कार्यानुुभवमा कडाई गर्ने संकेत गर्दै साउन १९ बिहीबारदेखि बैंक तथा बित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४ लागू गरेको हो ।
यो नियमावली लागू भएसँगै तोकिएको योग्यता र अनुुभवप्राप्त व्यक्ति मात्र बैंक तथा बित्तीय संस्थाको संचालक र कार्यकारी अधिकृत हुन पाउनेछ ।
संचालक हुन के योग्यता चाहिन्छ ?
राष्ट्रबैंकले वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीको संचालक हुनका लागि शैक्षिक योग्यता र कार्य अनुुभव समेत तोकेको छ । विदेशी वा स्वदेशी बैंक वा बित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा पाँचवर्ष काम गरेकोले मात्र अब संचालक बन्न पाउने भएको छ । लघुवित्तको संचालक हुनका लागि चाहि विदेशी वा स्वदेशी बैंक वा बित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीनवर्ष काम गरेको हुनुपर्नेछ ।
वणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीका संचालकका लागि आवश्यक अन्य योग्यता यसप्रकार छ :
लघुवित्तको संचालक हुन आवश्यक अन्य योग्यता यसप्रकार छ :
इजाजतप्राप्त संस्थाको स्वतन्त्र संचालकका लागि थप कडा व्यवस्था गरिएको छ, निम्न योग्यता पुुगेकाहरु स्वतन्त्र संचालक बन्न पाउनेछन् । हेरौं तोकिएका योग्यताहरु:
सीइओ हुन के योग्यता चाहिएला ?
राष्ट्रबैंकले विनियमावलीमार्फत बैंक तथा बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ) हुन आवश्यक योग्यता समेत तोकेको छ । वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीको सीइओ हुन चाहनेले व्यवस्थापन, बैकिंग, बित्तीय व्यवस्थापन, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र लगायतमध्ये कुनै एक बिषयमा स्नातकोत्तर गर्नुपर्ने छ। क, ख र ग वर्गका कम्पनीको सीइओका लागि आवश्यक योग्यता यसप्रकार छ :
माइक्रोफाइनान्सको सीइओ हुनका लागि यस्तो योग्यता चाहिनेछ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago