काठमाण्डौ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा यही असार २० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। 

मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। 

गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको थियो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।

यी दुवैबीच गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। गत पुस १७ गते नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

मर्जरपश्चात संस्थाको केन्द्रीय कार्यालय बागलुङको बागलुङ नगरपालिका–२ बागलुङमा रहनेछ।