काठमाण्डौ । जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ।
नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स ३ नेपाल ल्याएको हो।
बीएमडब्लूको स्पोर्टस एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो। ‘नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कुरामा हामी विश्वस्त छौँ। हामीले नेपालमा विगत ३ वर्षदेखि बीएमडब्लूका प्रिमियम उत्पादन बिक्री गर्दै आएका छौँ’, कम्पनील्े भनेको छ, ‘नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै सून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको माग बमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरेका हौँ।’
निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो। ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर यसमा पाउन सकिन्छ। कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ। यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्युटन मिटर रहेको छ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको छ। उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा सून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ।
यात्रालाई अस्मिरणीय बनाउन म्युजिकका लागि १६ वटा स्पिकर प्रयोग गरिएको छ। हर्मोन कार्डनको साउन्ड सिस्टम भएका कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिन्छ।
पानारोमिक ग्लास रुफको प्रयोग गरिएका कारण दिन र रातको समयमा खुला आकासको दृश्यावलोकन गर्न सकिने छ। त्यसले कारलाई थप लक्जरी बनाएको छ। यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ। वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बियन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउनेछ।
भित्र जति सुन्दर क्याबिन छ। बाहिर पनि आईएक्स–३ त्यति नै सुन्दर छ। स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामिक ह्विल पाउन सकिन्छ।
बीएमडब्लू अटोमोटीभ क्षेत्रमा पृथ्क र नविन उत्पादनको लागि परिचित र अग्रणी कम्पनी हो। आफ्ना प्रत्येक उत्पादनमा दिगो इको सिस्टम निर्माण, असाधारण ड्राइभिङ्ग अनुभव प्रदान र वातावरणीय फुटप्रिन्टमा आफूलाई अब्बल बनाउँदै आएको छ। त्यसकै परिणामस्वरुप कम्पनीले ब्याट्री प्रविधिमार्फत दिगो वातावरण संरक्षणमा भूमिका खेलिरहेको छ।
नवीकरणीय स्रोतहरुको चयन, ऊर्जा क्षेत्रमा कुशल प्रणालीको विकास र वातावरण सुधार तथा सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई आईएक्स–३ ले पूर्ण गरेको कम्पनीले दाबी गरेको छ।
काठमाण्डौको तीनकुनेमा सुविधा सम्पन्न शोरुम सञ्चालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका बिभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीको प्रोडक्ट लाइनअपमा BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series उपलब्ध छन्।
पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेगमेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago