काठमाण्डौ । सञ्चालक समितिबाट पारित भएको मौद्रिक नीति सार्वजनिक गर्ने बेलामा नेपाल राष्ट्रबैंकको वेबसाइट राम्रोसँग चल्न छाडेको छ ।
मौद्रिक नीति वेबसाइटबाटै सार्वजनिक हुने खबरका कारण धेरै ठूलो संख्याले एकैपटक हेर्न खोज्दा यस्तो समस्या भएको केन्द्रीय बैंक स्रोतले जनाएको छ ।
केन्द्रीय बैंकको बोर्ड बैठकले केहीबेरअघि मात्रै आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीति पारित गरिसकेको छ । सो नीतिको पूर्ण पाठ राष्ट्रबैंकको वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको बेला वेबसाइटले काम गर्न छाडेको हो ।
अहिले केन्द्रीय बैंकको वेबसाइट क्लिक गर्दा डेटोबस कनेक्सन स्थापितमा एरर देखिएको म्यासेज डिस्प्ले भइरहेको छ ।
सर्वसाधारणले वेबसाइट समेत राम्रोसँग मेन्टेन नगरेको भन्दै केन्द्रीय बैंकको आलोचना गरिरहेका छन् ।
केन्द्रीय बैंकले भने समस्या समाधानको प्रयास भइरहेको र केहीबेरमै बोर्डबाट पारित भएको मौद्रिक नीति वेबसाइटमा हालिने जानकारी दिएको छ ।
मौद्रिक नीतिपछि आजै दिउँसो ३ बजे गभर्नरले सो सम्बन्धमा थप प्रष्ट पार्न पत्रकार सम्मेलन पनि डाकेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19