काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुप्रति केही नरम बन्ने संकेत देखिएको छ । 

मौद्रिक नीतिमार्फत दुई बुँदे व्यवस्था गर्दै केन्द्रीय बैंकले यस्तो संकेत गरेको हो । 

मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने घोषणा गरिएको छ । 

केन्द्रीय बैंकले २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्ने नीति समेत लिएको छ ।