काठमाण्डौ । सिद्घार्थ बैंकले भक्तपुरको कमलबिनायकमा बिहीबारका दिन एक विशेष समारोहका बीच शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । 

सो शाखाको उद्घाटन भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्त रुपमा गरेका हुन् । 

बैंकको सो शाखा कार्यालयमार्फत सम्पूूर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।

यस शाखा समेत बैंकले देशभरका आप्mना ७२ शाखा, २ एक्सटेन्सन काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पीओएसमार्फत ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७३/०७४ को श्रावण मसान्तसम्म बैंक रु. १ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सो अवधिमा बैंकले ७७ अर्ब ३१ करोड निक्षेप संकलन गरी ६७ अर्ब १७ करोड कर्जा परिचालन गर्यो ।