 
                     
                                
                             
                                    काठमाण्डौ । ट्विटरको नाम र लोगो अब ‘एक्स’ मा परिवर्तन भएको छ। यद्यपि वेब संस्करणको यूआरएल अझै पनि ट्विटर डट कम नै छ। तर, कम्पनीले अब आफ्नो पहिचान एक्समा परिवर्तन गरेको छ। यससँगै एलन मस्कले यो प्लेटफर्ममा एड रेभेन्यु सेयरिङको सुरुआत गरेका छन्।
अब प्रयोगकर्ताको ट्विटमा देखिने एडबाट प्राप्त पैसाको एक हिस्सा कम्पनीले क्रिएटर्सलाई उपब्ध गराउनेछ। यसका लागि केही सर्तहरु पनि राखिएको छ।
कम्पनीले रेभेन्यु सेयरबाट एक्सका प्रयोगकर्ताले कमाइको एउटा नयाँ तरिका प्राप्त गर्नेछन्। यो फिचर विश्वभर जारी गरिने कम्पनीले जनाएको छ। यसका लागि प्रयोगकर्ता सबैभन्दा पहिले भेरिफाइड हुन आवश्यक छ।
ट्विटरमा भेरिफिकेसन ब्याज अहिले ब्ल्यु सब्सक्रिप्सनका साथ हुन्छ। एलिजिबल क्रिएटर्सका साथ कमसेकम १.५ करोड इम्पेसन पोस्ट्स हुनुपर्नेछ। यो इम्पेसन पछिल्लो ३ महिनामा हुन आवश्यक छ।
यसका साथै क्रिएटर्सको अकाउन्टमा ५०० फलोअर्स हुन अवाश्यक हुन्छ। एलिजिबल युजर्सका साथ पेमेन्ट क्लेम गर्नका लागि स्ट्रिप अकाउन्ट हुनुपर्नेछ। स्ट्रिप एउटा पेमेन्ट सर्भिस प्रोभाइडर हो।
ट्विटरको यो प्लेटफर्मको प्रयोग रेभेन्यु सेयरिङका लागि गर्ने गर्छ। प्रयोगकर्ताले क्रिएटर सब्सक्रिप्सन र एड रेभेन्यु सेयरिङ दुवैका लागि अप्लाई गर्नुपर्नेछ। यदि प्रयोगकर्ताले एड सेयरिङ रेभेन्युको कुनै पनि नियम तोडेमा उसलाई यो प्रोग्रामबाट बाहिर गरिनेछ।
पेमेन्ट क्लेम गर्नका लागि प्रयोगकर्ताले मनिटाइजेसन अप्सनमा जानुपर्छ। यो अप्सन साइड मेन्युमा हुन्छ। ज्वाइन एन्ड सेटअप पेआउट्समा क्लिक गरेपछि पेमेन्ट प्रोसेसर स्ट्रिपमा रिडाइरेक्ट हुनेछ। त्यहाँ प्रयोगकर्ताले एउटा अकाउन्ट सेटअप गर्नुपर्नेछ। पेमेन्टलाई एक्सटर्नर बैंक अकाउन्टमा ट्रान्सफर गर्नका लागि एक्सेस गर्नुपर्ने हुन्छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19