काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।