काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २२ करोड १४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.८७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ६३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६२.८० प्रतिशतले घटेर ३७ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १ अर्ब ६४ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १४.८६ प्रतिशतले घटेर १ अर्ब १५ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ थियो। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.८३ प्रतिशतमा सीमित थियो। 

खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ३५ करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड ४६ लाख रुपैयाँ थियो। 

खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज बढ्नु र सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी घट्नुले संस्थाको नाफा प्रभावित बनेको हो। 

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म ८ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई १९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाले ७ अर्ब ९५ करोड रुपैयाँ सापटी लिई १९ अर्ब ८४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म संस्थाको रिजर्भको आकार २०.८९ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको रिजर्भमा ८९ करोड ९४ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २०.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ७४.६६ रुपैयाँ थियो। पीई रेसियो ६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २७६ रुपैयाँ रहेको छ।