काठमाण्डौ । पाकिस्तानको खैबर पख्तुनख्वाको अलाई उपत्यकामा एउटा केबलकार तारको बीच अड्किएको छ। केबलकारमा स्कुले ६ बालबालिकासहित ८ जना फसेका छन्।

त्यस क्षेत्र सडक छैन र आधारभूत सुविधाको चरम अभाव छ। त्यहाँ एक पहाडबाट अर्को पहाडसम्म पुग्न केबलकारको प्रयोग गरिन्छ। यसको सहयोगमा खाना र पेय पदार्थ पनि स्थानीयलाई पुर्याइएको छ।

केबलकारमा फसेका ८ जनामध्ये ६ जना १० देखि १६ वर्ष उमेर समूह बालबालिका छन्। केबलकारमा मुटु रोगका बिरामी पनि छन्। उनको उमेर १६ वर्ष छ।

केबलकार ९०० फिट माथि अड्किएको छ। पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले केबलकारमा फसेहरुको उद्धारका लागि दुईवटा हेलिकप्टर परिचालन गरेको छ। तर, हावाहुरीका कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ। –एजेन्सी