काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस दर घोषणा गरिएको छ। 

नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन मंगबार स्वीकृत गरेको थियो। बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएसँगै नयाँ बोनस दर कम्पनीले घोषणा गरेको हो। 

साबिक प्रभु लाइफका विभिन्न ९ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ९ वर्षदेखि अधिकतममा २५ वर्ष माथि रहेको छ। 

यी बीमा योजनाको बोनस दर प्रतिहजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतममा ७० रुपैयाँसम्म निर्धारण गरिएको छ। 

\यसैगरी साबिक महालक्ष्मी लाइफका विभिन्न ७ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ५ वर्षदेखि अधिकतममा ३० वर्षसम्मको रहेको छ। 

ती बीमा योजनाको बोनस दर प्रतिहजारमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतममा ५२ रुपैयाँसम्म निर्धारण गरिएको छ। 

प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९को बोनस दर