काठमाण्डौ । राजधानी काठमाण्डौको मुटुमा रहेको न्यूरोडस्थित एउटा सुन पसलबाट प्रहरीले करिब ८ किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८००ग्राम सुन बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई सुनसहित पक्राउ गरिएको  छ।

बरामद सुन मध्ये केहि गहन र ढिक्का रहेको बताइएको छ ।प्रहरी स्रोतका अनुसार करिब ८ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ । प्रहरीले उक्त घटनासंग सम्बन्धित अन्य व्यक्तिके पनि संलग्नता छ या छैन भन्ने बारे अनुसन्धान भइरहेको बताएको छ ।

यसअघि प्रहरीले साउन ३  गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।