 
                     
                                
                             
                                    काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमाकम्पनीहरूलाई निर्देशन दिएका छन् । 
बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष् ासिलवालले बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न निर्देशन दिए ।
उनले भने, ‘बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ताहरूले बैङ्क र बीमा बीचको फरक नागरिकलाई बुझाउनुपर्छ, कागजको पूर्णता, ग्राहकको पहिचान र बीमितको स्रोत सुनिश्चितता भएपछि मात्र बीमा गर्नुपर्छ ।’
सम्पत्ति शुद्धीकरण गर्ने गरी बीमा गरेको पाइएमा कारबाही गरिने उल्लेख गर्दैै अध्यक्ष सिलवालले भने, ‘बीमकहरूले संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीहरूको तालिमका लागि रकम छुट्याउनुपर्छ, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्छ, बीमकका कर्मचारीहरूले पनि बजारको अध्ययन अनुसन्धान गरेर नयाँनयाँ बीमा लेख ल्याउन माग गर्नुपर्छ ।’
अध्यक्ष सिलवालले बीमकका सञ्चालक समिति र व्यवस्थापनबाट कर्मचारीहरूको हितविपरित कार्य भएमा यसकाबारेमा गोप्यरूपमा जानकारी दिन सुझाव दिए ।यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति नागरिकको विश्वास बढ्ने गरी स्वच्छ रूपमा बीमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र सानिमाजीआईसी इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले पनि आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरूले बीमकका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन, अधिकार प्रत्योजन गर्न, जोखिमाङ्कन, दावी व्यवस्थापन र बजारीकरण सम्बन्धी तालिम दिन र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गको पाठ्यक्रममा बीमा विषय समावेश गराउनका लागि पनि पहल गर्न पनि माग गरेका थिए ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19