काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ०.१४ प्रतिशतले बढेको हो । प्रतिऔंस २.८९ ले भएको यो मूल्य वृद्धिसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०४५ डलर पुगेको छ । 

अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस १४.०९ डलरले ओरालो लागेको थियो । यो दिन सुनको मूल्य प्रतिऔंस २०४५.५४ डलर कायम थियो । 
 

नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ भने प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।