काठमाण्डौ । तराई/मधेशका जिल्लाहरुमा आएको बाढी तथा डूबानका कारण विस्थापित तथा पीडित भएकाहरुको राहात तथा पुनरस्थापनाका लागि जनता बैंक नेपालले २५ लाख सहयोग प्रदान गरेको छ । 

जनता बैंकले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोष’मा जम्मा हुने गरी बाढीपीडितका लागि २५ लाख नगद सहायता उपलब्ध गराएको हो । 

जनता बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले २५ लाखको चेक प्रम देउवालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा बैंकको तर्फबाट संचालक राम भण्डारी, प्रमुख कार्यकारी अधिकृत(सीइओ) पर्शुराम कुँवर र डेपुटी सीइओ अजयकुमार मिश्र लगायतको सहभागिता थियो ।  

बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत बाढी तथा डूूबानपीडितलाई सहयोग गरेको हो ।बैंकका कर्मचारीहरुले एकदिनको पारिश्रमिक, बैंकका संचालकहरुले जनही १० हजार र बैंकको तर्फबाट समेत गरी एकमुुष्ठ २५ लाख नगद हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।  

प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषका संयोजक समेत रहेका प्रम देउवाले निजी क्षेत्रको बैंकले बाढीपीडितका लागि गरेको सहयोगको प्रशंसा गरे ।