chiranjibi nepal
काठमाण्डौ । वाणिज्य बैंक तथा विकास बैंकहरुलाई जस्तै अब लघुवित्त संस्थाहरुलाई समेत मर्जर वा एक्वीजिसनमा लगिने भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले लघुवित्त संस्थाहरुको संख्या धेरै भएको र कम पूँजी हुँदा जोखिम बहन गर्ने क्षमता कमजोर हुने भन्दै मर्जर र एक्वीजिसनको नीति आउनसक्ने संकेत गरेका हुन् । उनले लघुवित्त संस्थाहरुमा पछिल्लो समय विकृति व्याप्त हुने थालेको दाबी समेत गरे ।
नेपालमा लघुवित्त कम्पनी स्थापनाको नेतृत्व गरेका डा. हरिहरदेव पन्तको स्मृतिमा तयार ‘हरिहरदेव स्मृति ग्रन्थ’ सार्वजनिक गर्दै गभर्नर नेपालले यस्तो संकेत गरेका हुन् ।
यसअघि विकट क्षेत्रमा ठूला बैंकका शाखा नपुुग्दा लघुवित्त कम्पनी स्थापना तथा सेवा बिस्तारलाई प्राथमिकता दिइएको भए पनि अब भने संख्या धेरै हुँदा समस्या हुन थालेको र ठूला बैंक पनि दुुर्गममा पुुग्न थालेका भन्दै मर्जर वा एक्वीजिसन गरेर लघुवित्त कम्पनीको संख्या घटाउने नीति ल्याउन लागिएको उनको भनाई थियो ।
ठूला बैंकहरुलाई दुुर्गमसम्म पुर्याउनैका लागि लघुवित्त संस्था दर्ताको लाइसेन्स समेत स्थगन गरिएको प्रष्टीकरण दिंदै उनले भने–‘बलियो पूँजी भएका केही लघुवित्त नै हाम्रो कन्टेस्टमा काफी हुन्छ ।’
उनले लघुवित्तबीच व्यवसाय बिस्तारको प्रतिस्पर्धाको नाममा एउटै व्यक्तिलाई सबै लघुबित्तले ऋण प्रवाह गरी प्रगति देखाउने प्रवृति बढेपछि यसले जोखिम बढाएको बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19