काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले आइतबार काठमाण्डौं महानगरपालिका, वडा नं. ६, रामहिटी (सिमलटार)मा शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले उद्घाटन गरे ।

समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी दिए । 

बैंक संचालक समितिका सदस्य तथा अन्य आमन्त्रित उद्यमी, व्यवसायी तथा बैंकका पदाधिकारीहरुको उपस्थितिमा उक्त शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

यस अघि २०७४ आश्विन ६ गते शुक्रवार भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको थियो ।