काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा सेन्ट्रल फाइनान्स लिमीटेडको खूद नाफा घटेको छ । खूद नाफा घटेसँगै यो कम्पनीले लगानीकर्तालाई प्रतिसेयरमा ४१ पैसा मात्र रिटर्न दियो।
अघिल्लो वर्षको पहिलो त्रैमासमा २९ लाख ९२ हजार खूद नाफा आर्जन गरेको यो कम्पनीको नाफा बढेर समीक्षा अवधिमा २१ लख ४० हजारमा सीमित बन्न पुुगेको हो ।
कम्पनीको संचालन नाफा पनि ४७ लाखबाट घटेर ३३ लाख ६४ हजारमा सीमित भएको छ ।
कम्पनीको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड रहेको यस्तो आम्दानी बढेर १ करोड १९ लाख पुुगेको हो ।
समीक्षा अवधिमा यो फाइनान्स कम्पनीले २ अर्ब ८७ करोड निक्षेप संकलन गरी २ अर्ब ३५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड निक्षेप संकलन गरी १ अर्ब ४६ करोड कर्जा परिचालन गरेको थियो ।
अघिल्लो वर्ष यही अवधिमा १५ करोड ७९ लाख रहेको रिजर्ब कोषमा १५ करोड ९४ लाख जम्मा भएको छ।
फाइनान्समा खराब कर्जा केही बढेको छ । अघिल्लो वर्षको यही अवधिमा १.१४ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.८७ प्रतिशत पुुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४१ पैसा, प्रतिसेयर नेटवर्थ १४०.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५५.६६ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19