काठमाण्डौ । सेयर बजारको गिरावटको प्रभाव सिद्धार्थ क्यापिटल लिमीटेडबाट प्रवद्र्धित दुुई म्युचुुअल फण्डको मासिक प्रदर्शनमा समेत परेको छ । दुवै फण्डको प्रति इकाई खूद मूल्य(न्याभ) असोजको तुलनामा कात्तिक मसान्तसम्म घटेको हो । 

आगामी पुस ९ गते परिपक्व हुने सिद्धार्थ लगानी वृद्धि योजना १ को कात्तिक मसान्तसम्मको प्रति इकाई खूद मूल्य २१ रुपैयाँ ८ पैसा कायम भएको छ । असोज मसान्तसम्म यस्तो मूल्य २१ रुपैयाँ ५५ पैसा थियो । 

यो स्किमले समीक्षा अवधिसम्म सूचिकृत कम्पनीको सेयरमा ५६ करोड ५३ लाख बढी लगानी गरेको छ । यस्तै, बैंक मुद्धती निक्षेपमा ३५ करोड ५० लाख राखेको छ भने सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा २ करोड ८९ लाख बढी लगानी गरेको छ । 

यो अवधिसम्म यो स्किम ५७ लाख ९० हजार नाफामा छ । अघिल्लो महिना यस्तो नाफा २ करोड ९७ लाख रुपैयाँ रहेको छ । 

उता, २०७६ सालमा परिपक्व हुने सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमको प्रति इकाई खूद मूल्य घटेर १२ रुपैयाँ ८३ पैसा कायम भएको छ । असोज मसान्तसम्म यस्तो मूलय १३ रुपैयाँ २१ पैसा थियो । 

यो स्किमले सूचिकृत सेयरमा ९४ करोड ४२ लाख लगानी गरेको छ । यस्तै, बैंक मुद्धती निक्षेपमा १८ करोड ५० लाख लगानी गरेको छ भने ऋणपत्र तथा बण्डमा २ करोड ६० लाख लगानी रहेको छ । सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ४ करोड ७१ लाख लगानी गरेको छ । 

यो स्किम कात्तिक मसान्तसम्म ७५ लाख घाटामा गएको छ । असोज मसान्तसम्म यो स्किम ३ करोड ९ लाख नाफामा थियो ।