काठमाण्डौ । रेमिटान्समा आधारित नेपाली अर्थतन्त्रले चुनौति सामना गर्नसक्ने अवस्था देखिएको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विप्रेषण आप्रवाह ऋणात्मक भएपछि र सरकारले विकास खर्च पर्याप्त मात्रामा गर्न नसक्दा अर्थतन्त्रले आगामी दिनमा जटिल चुनौतिहरुको सामना गर्नुपर्ने हुनसक्ने देखिएको हो ।
राष्ट्रबैंकले कात्तिकसम्ममा विप्रेषणको आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा घटेको प्रष्ट्याएको हो । असोजमा विप्रेषण आप्रवाह केही बढेको थियो । चाडबाडको अवसरमा विदेशमा हुने नेपालीहरुले रेमिटान्स पठाउने मात्रा बढेर कात्तिकमा असोजको भन्दा बढी सुधार हुने अपेक्षाविपरीत रेमिटान्स १.४ प्रतिशतले घटेको हो ।
यो वर्षको कात्तिकसम्म रेमिटान्स १.४ प्रतिशतले घटेर २२८ अर्ब ९५ करोडमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.३ प्रतिशतले घटी रु. २६४ अर्ब ५७ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या (पुनः श्रमस्वीकृति बाहेक)मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको केन्द्रीय बैंकको भनाई छ ।
रेमिटान्स ऋणात्मक हुँदा अघिल्लो वर्षको चार महिनामा रु. १ अर्ब ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा रु. २५ अर्ब ८१ करोडले घाटामा गएको छ । यस्तै, अघिल्लो वर्षको चार महिनामा रु. २१ अर्ब ९८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा करिब १९ अर्बले खुम्चिएर रु. २ अर्ब ४० करोडमा सीमित बन्न पुुगेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. ६ अर्ब ४२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १० अर्ब १७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ३ अर्ब ३८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ५ अर्ब ७१ करोड रहेको थियो ।
बढ्यो महङ्गी
चालुु आर्थिक वर्षका प्रथम तीनवटा महिनाको तुलनामा चार महिनासम्मका मुद्रास्फिति बढेको छ । उपभोक्ता मुद्रास्फीति २०७४ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१ प्रतिशत रहेकोमा २०७४ कात्तिक महिनामा तरकारी, मदिराजन्य पेय पदार्थ लगायतमा भएको मूल्य वृद्धिले समग्र वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा केही वृद्धि भई ३.९ प्रतिशत कायम भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति २.६ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २४.१ प्रतिशत र मसलाको मूल्यमा ५.५ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । तर, समीक्षा महिनाको तरकारीको मूल्य सूचकाङ्क गत महिनाको तुलनामा ९.६ प्रतिशतले वृद्धि भएका कारण समीक्षा महिनामा मात्र खाद्य मुद्रास्फीति १.३ प्रतिशतले बढेको देखिएको छ ।
तरलताको समस्या थप विकराल
विप्रेषण आप्रवाह ऋणात्मक भएपछि र शोधानान्तर बचतमा भारी मात्रामा खुम्चिएर न्यून विन्दूमा झरेपछि यसले तरलताको समस्यालाई अझ विकराल बनाउनसक्ने देखिएको छ । एकातिर रेमिटान्स घटेको छ भने अर्कोतर्फ चुनावको नाममा गाउँ गाउँसम्म छरिएको रकम बैकिङ प्रणालीमा आइसकेको छैन । यस्ता विविध कारणले लगानीयोग्य पूँजी नहुँदा निक्षेपको तानातानमा लागेका बैंकहरुको सकस अझ बढ्नसक्ने देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago