काठमाण्डौ । महालक्ष्मी बिकास बैंक लिमीटेडको खाडीचौर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बलेफी गाउँपालीका ७, खाडीचौरस्थित बालशिक्षा माविका १ देखि कक्षा ५ सम्मका सबै विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । 

विद्यालयको ५३ औं वार्षिकोत्सवको अवसर पारेर शैक्षिक सामाग्री सहयोग गरिएको बैंकले जनाएको छ । 

ती शैक्षिक सामाग्री महालक्ष्मी बिकास बैंकका खाडिचौर शाखाका प्रबन्धक रानु लामाले बिद्यालयका प्रअ बासु पौड्याललाई हस्तान्तरण गरे । बैंकले प्रदान गरेको उक्त शैक्षिक सामाग्रीबाट गरिब समुदायका १ सय १० बिद्यार्थी लाभान्वित भएका छन् ।