काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालक नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि नेपाल राष्ट्रबैंकले त्यसलाई नियमन गर्दै ‘कुलिङ पिरियड’ तोकिदिएको छ।
पुस १३ गते बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कुनै पनि बैंक वा बित्तीय संस्थामा जुनसुकै कारणले भए पनि राजीनामा दिएका सीइओ तथा संचालकले ६ महिनासम्म अन्यत्र नियुक्ति लिएर सोही पदमा काम गर्न पाउने छैनन् । अर्थात, सीइओ र संचालकलाई अब ६ महिनाको ‘कुलिङ पिरियड’ लागूू हुनेछ ।
‘इजाजतप्राप्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धमा देखिएका अस्वस्थ अभ्यासलाई नियमन गर्दै संस्थागत सुशासन कायम गर्न जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत भएपछि कम्तीमा ६ महिना अवधि पूरा गरेपछि मात्र यस बैंकबाट इजाजतप्राप्त अर्को कुनै पनि संस्थामा प्रमुख कार्यकारी अधिकृत हुन पाउने ।’ निर्देशनमा राष्ट्रबैंकले भनेको छ–‘यस्ता संस्थाको प्रमुख कार्यकारी अधिकृत आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकाल वा ६ महिना नपुुगी सोही इजाजतप्राप्त संस्थामा संचालक समेत हुन पाउने छैन ।’
केन्द्रीय बैंकले संचालकहरुका लागि समेत यस्तै व्यवस्था लागूू गरिदिएको छ । अब कुनै पनि बैंक तथा बित्तीय संस्थाका संचालकबाट राजीनामा गरेको व्यक्ति वा जुनसुकै कारणले हटेमा कम्तीमा ६ महिना समय व्यतित नभई अर्को कुनै पनि इजाजतपत्र संस्थामा संचालक हुन नपाउने व्यवस्था समेत गरेको छ । तर, स्वतन्त्र संचालकको हकमा भने यो व्यवस्था लागूू नहुने बताइएको छ ।
यस्तै, इजाजतपत्रप्राप्त संस्थाको कुनै पनि संचालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकालभित्र सोही इजाजतपत्रप्राप्त संस्थामा संचालक पदमा निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था समेत गरिएको छ ।
अनिलकेशरी शाहलाई के हुन्छ ?
केन्द्रीय बैंकका एक अधिकारीलाई नवील बैंकले पुस १३ गते नै बैंकर अनिलकेशरी शाहलाई सीइओमा नियुक्त गर्ने निर्णय के हुन्छ ? भनी हामीले प्रश्न सोधेका थियौं । ती अधिकारीले नवील बैंकमा सीइओको रुपमा काम थाल्न शाहले नयाँ व्यवस्था अनुसार मेगा बैंक छाडेको मितिले ६ महिना कुुनुुपर्ने प्रष्ट्याए ।
शाहले मेगा बैंकबाट पुस २ गते अवकाश लिएका थिए । यसको अर्थ अब उनले नवीलमा सीइओको रुपमा काम थाल्न असार २ गतेसम्म कुर्नुुपर्ने हुन्छ । नवीलले उनलाई फागुन ५ गतेदेखि लागूू हुने गरी सीइओ नियुक्त गरेको थियो । शाह सेञ्चुरी बैंकको संचालक समितिसँगको सम्झौता तोड्दै नवीलमा सीइओ हुन गएका हुन् ।
पछिल्लो समय राम्रा बैंकरहरुलाई नियुक्त गर्न बैंकहरुबीच अस्वस्थ होडबाजी चलिरहेको छ । बैंकरहरु पनि छोटो छोटो अवधिमै संस्था फेर्दै बढी पैसाको लोभमा दौडिरहँदा अस्वस्थ प्रतिस्पर्धा हुने, छोटो समयमा अर्को संस्थामा जाँदा छाडेको संस्थाको तथ्यांक तथा विजिनेशकै समेत दुरुपयोग हुने लगायतका कारणले संस्थागत सुशासन कमजोर बन्ने भएकोले यस्तो व्यवस्था लागूू गरिएको केन्द्रीय बैंकका अधिकारीहरु दाबी गर्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago