काठमाण्डौ । ब्रिटेनको मल्टिनेशन बैंक स्ट्याण्डर्ड चार्टर्ड खर्च कटौतिको नाममा नेपाल, भारत लगायत सबै देशमा रहेका आफ्ना शाखाबाट १० प्रतिशत कर्मचारी कटौतिको घोषणा गरेको छ । 

कर्मचारी कटौतिको काम आगामी साताबाट हङकङ र सिंगापुरबाट सुरु हुनेछ । यो घोषणाबाट नेपालको स्ट्याण्डर्ड चार्टर्डमा कार्यरत १० प्रतिशत कर्मचारीले पनि विदा लिनुपर्नेछ । 

अन्तराष्टिय समाचार एजेन्सी रोयटर्सका अनुसार नेपाल, भारतसहित सबै देशमा रहेका आफ्ना बैंक तथा संस्थाका कर्मचारीमध्ये १० प्रतिशतले विदा दिने तयारी थालिएको हो । 

समाचारमा बैंकका चिफ एक्जेक्यूटिभ अफिसर  बिल बिन्टर्सलाई उद्धृत गर्दै बताइए अनुसार यो कदम खर्च कम गर्ने उद्देश्यले उठाउन लागिएको हो । कर्मचारी कटौतिको काम आगामी साताबाट सुरु हुने बताइएको छ । 

८४ हजार बढी कर्मचारी
स्ट्याण्डर्ड चार्टर्डमा कार्यरत कर्मचारी कटौतिको काम आगामी साताबाट सिंगापुर र हंगकंगसहितका सबै व्यापारिक केन्द्रहरुबाट सुरु हुनेछ । बैंकका एक प्रवक्ताले कति संख्यामा कर्मचारी विदा हुँदैछन् भन्ने यकिन तथ्यांक नदिई भनेका छन् कि उनीहरु आफ्नो कर्पोरेट तथा इन्स्टिच्यूसनल बैकिंग डिभीजनलाई निकै सक्षम बनाउन खोजिरहेका छन् । 

प्रविधि र आधुनिक प्रणालीको मद्धतबाट योजनाबद्ध ढंगले निक्षेप सुरक्षित गर्न बैंकले लागत कम गर्ने नीति लिएको र यसका कारण केही कर्मचारीको जागिर जाने ती अधिकारीले बताएका छन् । विश्वभर यो बैंकको कर्पोरेट तथा संस्थागत डिभीजनमा कति कर्मचारी कार्यरत छन्, यो संख्या अहिले स्पष्ट भएको छैन । बैंकमा गत जुनको अन्तसम्मको अवधिमा कुल ८४ हजार ४ सय ७७ कर्मचारी कार्यरत थिए । 

एशियाका सीइओको राजीनामा
यसैबीच स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशियाका क्षेत्रीय सीइओ अजय कन्वाल
ले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  उनीमाथि बैंकभन्दा बाहिर गरेको लगानीको बिषयमा जानकारी नदिएको आरोप लगाइएको थियो । आशियान तथा दक्षिण एशिया क्षेत्रको सीइओ अजय कन्वालको स्थानमा अब कमर्सियल तथा प्राइभेट बैकिङ सीइओ अन्ना मार्सले कार्यभार सम्हाल्नेछन् । बैंकले जारी गरेको एक विज्ञप्तिमा कम्बलले आफ्नो पदबाट राजीनामा दिएका र कारण उनले बैंकबाहिर आफूले गरेको लगानीको बिषयमा बैंकलाई जानकारी नदिएका कारण यस्तो अवस्था आएको दाबी गरिएको छ । कन्वाल यो बैंकसँग सन् १९९२ देखि आबद्ध थिए ।